भोजपुरमा दियोबाट आगो सल्किँदा एक घर जलेर नष्ट, २६ लाख रुपैयाँभन्दा बढीको क्षति
२७ कार्तिक २०८०, सोमवार
0
प्रतिक्रिया
विराटनगर , २७ कात्तिक । लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोटमा रहेको ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो ।
आगलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन, सुनका गरगहना, र नगद १५ हजार रुपैयाँसमेत नष्ट भएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।