.

विराटनगरमा छठ सामग्री किन्नेको घुइँचो

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा छठ पर्वको किनमेल सुरु गरिएको छ । छठ पर्व मनाइने जलाशय तथा खोला किनारको सफाइ र घाट निर्माणको कार्यलाई समेत गति दिइएको छ ।यहाँ सिंघिया, केसलिया खोला र सुनसरी–मोरङ सिँचाइ नहरमा घाट बनाएर छठ मनाउने गरिन्छ । व्रत बस्न र पूजा सामग्रीको जोहो गर्न विराटनगरको गुद्री बजारमा उपभोक्ताको भीड देखिएको छ । कतिपय स्थानीय सामग्री किन्न सीमावर्ती भारतीय बजार जोगबनीसम्म पुगेका छन् । विराटनगरसहित कोसी प्रदेशका झापाको दमकस्थित रतुवा खोला, कन्काई नदी, मेची नदीलगायत क्षेत्रमा भव्य रूपमा छठ मनाउने गरिन्छ । छठ पर्व चार दिनसम्म मनाउने गरिन्छ । यो पर्वमा उदाउँदो र अस्ताउँदो सूर्यको पूजा–आराधना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया