.

आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न सकिँदैन : सभामुख बिष्ट

विराटनगर , २३ माघ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न नसकिने बताउनुभएको छ ।कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यमहरुमा बोली फेरिएको भन्ने भ्रम फैलाइएको भन्दै सभामुख बिष्टले आफूले जनताबाट निर्वाचित हुँदा र सभामुख भइसकेपछिको सिद्धान्तमा परिवर्तन नगरेको बताउनुभएको हो ।
संविधान बमोजिम पदीय दायित्व अनुसार आफुले काम गर्ने र प्रदेश बलियो हुन आर्थिक रुपमा सबल हुनुपर्ने बताउनु भयो । तर देशको अवस्था आर्थिक रुपमा मजबुत नरहेकाले प्रदेश संरचना सञ्चालन चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले अर्थतन्त्र बलियो बनाउन नसके प्रदेश संरचनामा निरन्तर प्रश्न उठ्ने बताउनुभयो । सभामुख विष्टले संसदीय समितिका सभापतिहरु चयन नभएकाले सभापति चयन गर्नेकुरामा र कानून निर्माण गर्ने कुरामा आफ्नो बढी ध्यान केन्द्रित हुने बताउनु भयो । उहाँले संसदलाई नियमित रुपमा बिजनेस दिन सरकारलाई सजग गराइरहने , सरकारले स्थायित्व पाए मात्रै विकास निर्माणका काम अघि बढ्न सक्ने भन्दै स्थायित्व दिन आवश्यक रहेको सभामुख बिष्टले स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया