.

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुङ्गियो

विराटनगर , २८ माघ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ । 


हिजो प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत शिक्षक तथा कर्मचारी कल्याण समाजबीच ६ बुँदे सहमतिपछि २७ दिनदेखि भैरहेको आन्दोलन टुङ्गिएको हो । 


दुवै पक्षबीच रोकिएको बढुवा प्रक्रिया अगाडि बढाएर आउँदो फागुन ६ गतेदेखि अन्तर्वार्ता शुरु गर्ने र त्यसको एक हप्ताभित्र नतिजा प्रकाशित गर्ने सहमति भएको छ । 
आन्दोलनकारीलाई पूर्वाग्रह राखी कुनै बहानामा कारबाही नगर्ने पनि सहमति भएको छ । 


प्रतिष्ठानमा बढुवा प्रक्रियालाई लिएर प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले संयुक्त रुपमा पुस २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया