.

रामधुनी मन्दिरमा नित्य पूजा रोकियो

विराटनगर , ११ फाल्गुन । भगवान रामसँग जोडिएको सुनसरीको पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा पहिलोपटक नित्य पूजा रोकिएको छ ।
मन्दिरका पुजारी महन्त काशीदास उदासीले पत्रकार सम्मेलनमार्फत घटना उजागर गरेपछि सो विषय बाहिरिएको हो । मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार डिल्र्ली कार्की नेतृत्वको टोलीले मन्दिरमा ताला लगाइ पुजाआजमा रोक लगाएको हो ।
रामधुनी मन्दिरका महन्त काशीदास उदासीले गुठी संस्थानको अधिनस्थ रहेको अधिकार प्राप्त मठलाई बेवास्ता गर्दै रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यस्थापन नामको समितिका अध्यक्ष डिल्ली कार्की नेतृत्वको समूहले मन्दिरमा ताला लगाएर पराम्परागत रुपमा हुँदै आएको पूजा रोकेको खुलासा गर्नुभयो ।
रामधुनी मन्दिरको इतिहासमै पहिलो पटक नित्य पूजा रोकिएको बताउनुभएका उदासीले तीन दिनसम्म रोकिएको नित्यपूजाबारे त्यसबेला समितिको धाकधम्कीका कारण बोल्न नसकेको भन्दै ढिलै भएपनि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको बताउनु भयो ।

बाबा बनखण्डी उदासिन आश्रम रामधुनी गुठी, पञ्चायती उदासिन बडाअखडा सुनसरी ४ रामधुनीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बाबा बनखण्डी उदासिन आश्रम रामधुनी गुठी श्री पञ्चायती उदासीन बडाअखडाका अध्यक्ष मोहिनारायण चौधरीले कार्की नेतृत्वको समितिले गौशालामा रहेका गाईवस्तु बेचेको, पुरातात्विक महत्व बोकेका बोट बिरुवा सहितको रुख काटेर बेच्ने काम गरेको र जथाभावी कंकृटका संरचना निर्माण गरी रामधुनीको अस्तित्व धुमिल्याउने कार्य गर्दै आएको बताउनु भयो । उहाँले कार्कीउपर धार्मिक संस्थाका नाममा एन्जिओ चलाउँदै आएको आरोप समेत लगाउनु भयो ।
नेपाल सरकार गुठी संस्थानले रामधुनी मठ सुनसरीका नाममा मठ परिषद्को २२ हेक्टर र सो वरिपरिको धार्मिक वन ६११ हेक्टर लगायतको आसपासको जग्गाहरु मठको नाममा रामधुनी गुठी तैनाथी जग्गा दर्ता गरिदिने व्यवस्था अनुसार मठका नाममा धार्मिक तथा सांस्कृतिक संरक्षण गर्ने गरी दर्ता गर्ने आदेश दिए अनुसार मठ गुठी संस्थानको अधिनस्थ हुँदाहुँदै रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले अनाधिकृत रुपमा हस्तक्षेत्र गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।
उता आरोप लगाइएका समितिका अध्यक्ष डिल्ली कार्कीले भने आफुमाथि लगाइएको आरोप सरासर निराधार र झुटो भएको बताका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया