.

जग्गा विवादले यसरी मर्दैछ विराटनगरको कला उद्भव स्थल

विराटनगर । विराटनगर । खुला चौरमा बडेमानका बर–पिपल र निमका गाछी छन् । त्यसकै मुन्तिर विराटनगरको उखरमाउलो गर्मी छल्न कोही मानिस ढल्किएका छन् । कोही मस्त निद्रामा छन् । गफिँदै चिसो ‘आईसक्रिम’ को स्वादमा रमाइरहेका विद्यार्थी उत्तिकै छन् । गाछी फेदमा केहीबेर सुस्ताउने र आ–आफ्नो गन्तब्य लागिरहेका बटुवा प्रशस्तै देखिन्छन् ।

अलि पूर्वतिरको ठूलो पिपलकै आडमा टाँसिएको मन्दिरमा दुई महिला पूजा गर्न व्यस्त छन् । नजिकै भिमसेनको मन्दिर छ । त्यसकै परिसरमा सिमेन्टका मुड्का बिछ्याउन ज्यामी काम गरिरहेका छन् ।

पुरानो ढलान उप्काएर त्यहाँ नयाँ बनाउने काम शुरु भएको छ । तर मन्दिर बन्द छ । नजिकैको नारायण र हनुमान मन्दिरका ढोका पनि खुलेका छैनन् । तर, धूप र अगरबत्तीबाट उठेको धुवाँको सुगन्ध महसुस गर्न सकिन्छ ।

निरन्तर चलिरहेको बटुवा र सवारी साधनको ओहोर–दोहोरबीच बिहीबार दिउँसो विराटनगर महानगरपालिका–१० स्थित संसारी माई मन्दिर परिसरको पुग्दा रुखको छायाँले केही शितल महसुस हुन्थ्यो ।

उत्तरपट्टीको भागमा मानिसको चहलपहल देखिन्थ्यो । छेवैमा टाँसिएको भानु मोरङ मेमोरियल विद्यालय खुलेको देखिएन । संसारी माई परिसरमा हार मिलाएर अशोकका बिरुवा रोपिएका छन् । तिनलाई इँटाले अड्याइएको छ ।
न्यिदब िक्ष्mभ दबलप

सन्सारी माई परिसरको ठीक दक्षिणपट्टी टाउको पोल्ने घामले होला कमैमात्र मानिस छन् ।

क्तगमभलत(क्बलकबचष्(ःबष्(ज्ञठद्दद्दछठद्दण्डज्ञ।वउन
 

एउटा ठेलामा पुच्का बेच्न बसेका व्यापारीकहाँ एकाध मात्र ग्राहक पुगेको देखिन्छ । नजिकै मोटरसाइकल–गाडी पार्किङमा राख्ने र लैजाने मानिसको चहल पहल छ । त्यहीँ नजिकै एउटा सालिक मुन्तिर बटुवा निदाइरहेका छन् ।

केही पूर्वपट्टी एउटा ढल्न लागेको टिनको छाप्रो छ । त्यहाँ सिकुवामा दुई जना माग्ने सुस्ताएका छन् । एक जना मस्त निद्रामा छन् ।

ढल्नै लागेको त्यो संरचनाको टिनको छानो बाँधिएको इँटाले अड्याएको छ । उत्तरपट्टी एउटा निजी कलेजको विज्ञापन पोतिएको छ । दक्षिणतिर मिचाहा झार र बुट्याउनले संरचना ओगटेको छ ।

यो संरचना विराटनगरमा गीत–संगीत र कलाको जग बसालेको भानु मोरङ सांस्कृतिक समिति भानुकला केन्द्रको हो ।

यहाँको जग्गा विवादका कारण विराटनगरमा कलाको जग बसाल्ने एउटा संरचना निर्जन र निस्काम बन्न पुगेको छ । पहिले गीत संगीत प्रशिक्षण हुँदा आवाज बाध्य वादनको आवाज निल सदन रोडसम्म सुनिन्थ्यो । अब त्यस्तो केही चहलपहल छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया