विराटनगर, ८ जेठ । कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्वो लिम्वुले धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधान आगामी नीति तथा कार्यक्रममा मार्फत गरिने बताउनु भयो ।
मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेश खानेपानी तथा सरसफाई विधेयकको मस्र्याैदा सम्बन्धी छलफल कार्यक्रममा उहाँले त्यस क्षेत्रको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान बजेटमार्फत गरिने स्पष्ट पार्नु भयो । मन्त्री मेन्याङ्बोले सरकारले सबै नागरिकहरुलाई खानेपानीको पहुँच सहज उपलव्ध गराउनु हो भन्दै प्रदेश भित्र खानेपानीलाई ऐन मार्फत व्यवस्थित गर्ने धारणा राख्नु भयो ।
मन्त्रालयका सचिव नविनराज सिंहले सरकारले सहलगानीको आधारमा आधारभूत र गुणस्तरीय खानपानी नागरिक समक्ष पुर्याउनु रहेको बिचार व्यक्त्त गर्नु भयो । लुमन्ति आवासको लागि सहयोगका कार्यकारी निर्देशक लजना मानन्धरले खानेपानीमा महिला, सीमान्कृत र पिछडिएका जनताको पहुँच पुर्याउन विधेयक परिमार्जन गर्र्नु मुख्य उद्देश्य रहेको बताउनु भयो । नागरिकको खानेपानी तथा सरसफाइमा पहुँच सम्बन्धी मौलिक अधिकारको सम्मान र संरक्षण गर्दै सुरक्षित , भरपर्दो एवं व्यवस्थित खानेपानी, सरसफाई तथा स्वच्छता सेवामा सहज र सर्वसुलभ पहुँच पुर्याइ प्रभावकारी नियम तथा अनुगमन गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न आवश्यक सुझाव सङ्कन गर्नु छलफलको मुख्य उद्देश्य रहेको छ ।
छलफलमा मन्त्रालय, स्थानीय निकायका प्रमुख, विभिन्न खानेपानी तथा सरसफाई सम्बन्धी सङ्घसंस्थाका प्रतिनिधिहरु राज्यले नागरिकको स्वास्थ्यप्रयित सम्वेदनशील भई स्वच्छ एवं गुणस्तरीय पानीको सर्बसुलभ रुपमा उपलव्ध गराउन विधेयकमा उल्लेख सुझाव दिएका थिए ।