.

झापामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

विराटनगर ,२६ साउन । झापाको कन्काई नगरपालिका–१ स्थितमा पौडी खेल्ने क्रममा २ जना बालबालिकाको डुबेर मृत्यु भएको छ ।

बिहिबार बेलुका ५ बजे घर नजिकै रहेको बाघे खोलामा पौडी खेल्ने क्रममा स्थानिय बिजय भुजेलको ४ बर्षीया छोरी निशा भुजेलको पानीमा डुबेर घटना स्थलमा नै मृत्यु भएको र देबी माया जोगीको ३ बर्षीय छोरा कुमार जोगी पानीमा डुबि घाईते भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

दुबै शवलाई पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल भद्रपुर पठाईएको र घटना समबन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया