.

रोटरी क्लव अफ भद्रपुरद्धारा पोषण युक्त खाध्यान्न वितरण

विराटनगर , २८ साउन ।रोटरी क्लव अफ भद्रपुरले पोषण युक्त खाध्यान्न वितरण गरेको छ ।

भद्रपुर १० कलवगुरी स्थित सुकुम्वासी टोलका करिव २८ वालवालिका सहित ९१ जनालाइ पोषण युक्त खाध्यान्न वितरण गरीएको हो ।

क्लवका अध्यक्ष विनोद चापागाइको अध्यक्षतामा शनिवार सम्पन्न कार्यक्रममा वच्चा जन्मनु अघि र पछि आपनाउनु पर्ने सावधानीका विषयमा परि ढकालले जानकारी गराउनुभएको थियो ।

विभिन्न पौष्टिक आहार समावेस गरीएको करिव ७० हजार मूल्य वरावरको सामाग्रि वितरण गरीएको प्रेसिडेन्ट इलेक्ट सन्तोष पोखरेलले जानकारी दिनुभयो  ।

सोही कार्यक्रममा अशक्त रामलाल मण्डललाइ एक थान व्हील चेयर समेत वितरण गरीएको रोटरीयन धनजुजु श्रेष्ठले वताउनुभयो ।

सचिव इशुभ पाण्डेले संचालन गर्नुभएको कार्यक्रममा इनरव्हील क्लव अफ भद्रपुरका अध्यक्ष निर्मला निरौला खडकाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण पाष्ट प्रेसिडेन्ट राजकुमार पोखरेल र समाजसेवी नारायण अधिकारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया