.

कोशी प्रदेश उपसभामुख र एमाले संसदीय दलका उपनेता माथि पहिचानवादीद्धारा आक्रमणको प्रयास

विराटनगर २५ जेठ । कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनरत पहिचानवादीहरुले आज कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार र एमाले संसदीय दलका उपनेता माथि आक्रमणको प्रयास गरेका छन् ।

उपसभामुख दनुबारलाई उदयपुरको गाईघाट बजारमा आक्रमणको प्रयास गरेका हुन् । पहिचानवादीहरुले उनी चढेको गाडीको झण्डा निकालिदिएका थिए । एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरमाथि पहिचान पक्षधरले इलाममा आक्रमणको प्रयास गरेका हुन् ।

नामकरणमा असन्तुष्टि राख्दै आएको पक्षसँग वार्ता गर्न प्रदेश सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको  छ । 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया