.

उपसभामुख दनुबारले पहिचानवादीलाई भनिन्,‘ आक्रमण हैन, वार्तामा आउनुहोस्’

विराटनगर २७ जेठ । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले पहिचान बादीहरुलाइ वार्तामा आउन आग्रह गर्नुभएको छ । 

विराटनगरमा आयोजना गरिएको महिला पत्रकारहरूको लागि संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आफुमाथि  विहिबार  भएको आक्रमणका कारण घर जान पनि डराउनुपर्ने अवस्था आएको बताइन । 

उनले आफ्नो घर जान नसक्ने अवस्थामा पुगेको र  केही दिनकोलागि घर जानु हुँदैन की भन्ने लागेको  बताउनुभयो । उहाँले पहिचान बादीहरुलाई व्यङ्ग्य गर्दै आफ्नो अधिकार खोज्नेहरूले अरूको अधिकारलाई पनि सम्मान गर्न जान्नुपर्ने बताउनुभयो । उहाँले आफूमाथि घर जाँदा केही मानिसले आक्रमण गरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

 उपसभामुख दनुवारले भन्नुभयो,‘कोशी प्रदेश सरकारले वार्ता टोली बनाएको छ  । बार्ताको माध्यमबाटै समस्याको समाधान गर्नुपर्छ ।’ जनप्रतिनिधिलाई गाउँ जान नदिनु भनेको जनताको भावना माथिको खेलबाड गरेको बताउनुभयो । उहाँले आफुमाथि आक्रमण गर्नु आफु चढेको गाडीको झण्डा झिकिएको र अहिलेसम्म नदिएको गलत भएको भन्दै कोशी प्रदेशको सांसद र सांसदलाई सचेत बनाउँदै विकास र समृद्धिमा सहयोग पुर्याउनेमा विश्वस्त रहेको बताईन् ।

तलिमका कोशी प्रदेशका ३० जना महिला पत्रकारहरुको सहभागीता रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया