विराटनगर, ३२ जेठ । हिजो रातिको हावाहुरीले विराटनगरका विभिन्न स्थानमा विद्युत पोल ढालेको कारण आज बिराटनगरमा अवरुद्ध हुने भएको छ ।
हावाहुरीले विद्युतका पोल ढाल्दा विराटनगरमा दिनभरी विद्युत अवरुद्ध हुने अवस्था रहेको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ ।
विद्युत लाईन अनियमित हुदाँ औद्योगिक क्षेत्रमा कलकारखाना, छापाखाना, गार्मेन्ट उद्योगलगायत विद्युतबाट सञ्चालन हुने कामहरु सबै ठप्प भएका छन् । ढालेका पोलहरुको मर्मत भैरहेको नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको छ ।
विद्युतको समस्या देखिएको ठाउँमा मर्मतको लागि कर्मचारीहरु खटाइएको प्राधिरणको भनाई छ । मर्मतको काम सकिएपछि विद्युत आउने बताइएको छ ।