विराटनगर, १ असार । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको ज्यान गएको छ । घाँटीमा लिचीको दाना अड्किएर कमलामाई नगरपालिका-६ धुराबजारका तीन वर्षीय बालक क्रियान तामाङको ज्यान गएको हो ।
लिचीको दाना अड्किएपछि गए राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको उपचारका क्रममा अस्पतालमा ज्यान गएको जानकारी दिनुभयो ।