.

ठेकेदारले काम नगरेपछि विराटनगरको ब्यस्त सडकमा दुई महिनादेखि ढाट

विराटनगर ,८ असार । सडक  कालोपत्रे गर्न माग गर्दै विराटनगर महानगरपालिका– ५ का स्थानीयले  सडकमा ढाट लगाएका छन् ।  बाटो नबनेका कारण हिउँदमा धुलो र वर्खामा हिलोले समस्या भएको दाबी गर्दै विराटनगर महानगरपालिका– ५  शान्ति चोकका स्थानीयले दुई महिनादेखि ढाट लगाएर ठूला गाडीको बाटो छेकेका हुन् ।शान्ति चोकको राममन्दीरबाट पश्चिम तर्फ करिब तीन सय मिटर क्षेत्र निर्माणका लागि ठेक्का पाएको हिमालयन इन्फास्टक्चर प्रालीले काम अचकल्टो छाडेपछि  स्थानीयले अवरोध गरेका हुन् । मन्दीरबाट दक्षिण तर्फको बाटो पनि बनेको छैन ।  जुन बाटो भर्खरै ठेक्का लागेको छ । शान्ति चोकको बाटोमा विद्यालय बस र अन्य सवारी बढी कुद्छन् । बाटो छेकिदा विद्यार्थी बोकेका  बसहरु घुमेर आउजाउ गर्नुपर्ने बाध्यता छ । सडक अवरोध भएका कारण विद्यालयहरुलाई विद्यार्थी ल्याउन र घर पुर्याउन समस्या परेको एभरेष्ट कलेजका प्रिन्सिपल टिकाराम पुरीले बताए ।   पटक पटक आग्रह गर्दा काम नभएपछि धुलो रोक्न ढाट लगाउनु परेको स्थानीय शंकर शाहले बताए ।  स्थानीय निर्मला सुवेदी सडकका कारण पसल सञ्चालन गर्न नै  मुस्किल परेको बताइन् । उहाका अनुसार स्थानीयले एक वर्षअघि पनि ढाट लगाएका थिए । तर पालिकाले बाटो बनाउने बताएपछि ढाट खोलिदिए, तर काम सुरु भएन् । ठेक्का लागेको क्षेत्रमा पनि काम रोकिएपछि दुई महिनायता स्थानीयले सडकमा  ठूला गाडीको प्रवेश रोक्न ढाट लगाएको उनले बताइन् ।  

विराटनगर महानगरपालिका– ५  वटा वडा अध्यक्ष सन्तोष न्यौपानेका अनुसार बाबा चोकदेखि एभरेष्ट कलेजसम्मको बाटो कालोपत्रेका लागि हिमालयन इन्फास्टक्चर प्रालील ठेक्का लिएको थियो । प्रदेशको योजनामा करिब तीन सय मिटर काम सुरु गरेकोे ठेकेदारले काम नगरेको उनले बताए ।  एभरेष्ट कलेजको अगाडि पट्टीबाट शान्ति चोकको मन्दीर हुँदै केशलिया रोडसम्मको सडक भने भर्खरै ठेक्का लागेको उनले बताए ।  चार करोड ७५ लाख बजेटमा यसुमति जेभीले ठेक्का पाएको उनले बताए  ।  करिब दुई महिनाअघि सडकमा हालेको प्राइमर पनि उक्किएको उनले बताए । पटक पटक सम्पर्क गर्दा ठेकेदार विमेश कार्की सम्पर्कमा नआएको उनले बताए । सडक निर्माणका लागि ठेकेदारलाई   खोजिरहेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया