.

आईपीएल क्रिकेटमा आज कोलकता राइडर्सले लखनउ जायन्ट्सको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार कोलकता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने भएको छ। कोलकताको इडन गार्डेन्स मैदानमा बिहीबार राति पौने ८ बजेदेखि कोलकता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने भएको हो । आईपीएलको जारी सिजनमा कोलकताको यो चौथो र लखनउको तेस्रो खेल हो । लगातार तीन खेलमा पराजित भइसकेको कोलकता निकै दबाबमा छ । उता लखनउ भने तीन खेलमा दोस्रो जितको खोजीमा रहेको हो ।

आईपीएल क्रिकेटमा बुधबार राति भएको खेलमा गुजरात टाइटान्सले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको छ। चौथो चरणका खेलहरु चलिरहँदा आईपीएलको अंक तालिकामा ३ खेलबाट ६ अंक जोडेको राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको हो । समान खेलबाट ५ अंक जोडेको पञ्जाब किंग्स दोस्रो स्थानमा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया