.

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलो पटक विश्वकपको प्रि–क्वाटर फाइनलमा प्रवेश

सहआयोजक क्यानडा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । लस एन्जलसमा गएराति स्टेफेन एउस्ताकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानडाले ऐतिहासिक जित हात पारेको हो ।

तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुईपटक समूह चरणबाट बाहिरिएको थियो। क्यानडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्रिक्वार्टरफाइनल पुग्ने अवसर गुमाएको छ ।

क्यानडा समूह ‘बी’ मा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समुह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो । अब अन्तिम १६ मा क्यानडाले मोरक्को वा नेदरल्यान्ड्समध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

दक्षिण अफ्रिकाले समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम १६ पुगे पनि आजको खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन । क्यानडाले पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक–एक गोलको बराबरी खेल्यो । दोस्रो खेलमा कतारलाई ६–० गोलले पराजित गरेको क्यानडा अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–१ गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो ।

विश्वकपमा आज नेपाली समय अनुसार राति पौने ११ बजे अमेरिकाको होस्टन स्टेडियमा ब्राजिल र जापानले खेल्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया