फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण औपचारिक रूपमा सुरु हुन लागेको छ । राउन्ड अफ १६ का सबै खेल टुंगिएसँगै प्रतियोगिताको सबैभन्दा रोमाञ्चक चरण सुरु हुने भएको हो ।
कुल १०४ खेलमध्ये ९६ खेल सम्पन्न भइसकेका छन् । अब जम्मा ८ खेल मात्र बाँकी रहेका छन् । यसमा समूह चरणका ७२ खेल, राउन्ड अफ ३२ का १६ खेल र राउन्ड अफ १६ का ८ खेल गरी सबै प्रारम्भिक चरणहरू पूरा भइसकेका छन् ।
बाँकी रहेका ८ खेलमध्ये ४ वटा क्वार्टरफाइनल, २ वटा सेमिफाइनल, तेस्रो स्थानको १ खेल र फाइनल १ खेल छन् । बुधबार कुनै खेल राखिएन । क्वार्टरफाइनल चरण बिहीबारबाट सुरु हुँदैछ ।
क्वार्टरफाइनलमा फ्रान्स, मोरक्को, नर्वे, इङ्ल्यान्ड, स्पेन, बेल्जियम, अर्जेन्टिना र स्विट्जरल्यान्ड गरी आठ टिम भिड्नेछन् ।
अब प्रत्येक खेल ‘गर या मर’को अवस्थामा रहनेछन् । एकपटक पराजित भएपछि सम्बन्धित टिमको विश्वकप यात्रा समाप्त हुने भएकाले आगामी खेलहरू अझ दबाबपूर्ण, प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछन् ।