.

आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

नेदरल्यान्ड्समा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले बिहीबार घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्ने भएको छ।

नेपाल र घरेलु टोली नेदरल्यान्ड्सबीचको खेल बिहीबार दिउँसो पौने ३ बजेदेखि शुरु हुने भएको हो। नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो। नेपालले यस शृङ्खलाको तेस्रो खेल साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । लिग–२ अंकतालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक पुगेको छ । राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैठौं स्थानमा रहेका हुन् । नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

अंकतालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्यान्ड र चौथोमा ओमान रहेका हुन् । विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन् । विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेल्ने भएका छन् । नेपालको अझै ७ खेल बाँकी रहेकाले शीर्ष चारमा पुग्न जित्नैपर्ने दबाब रहेको हो।

त्यस्तै, एकदिवसीय मान्यता जोगाउन भने शीर्ष ६ भित्र रहनु पर्याप्त हुने भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया