.

विश्वकप छनोटका लागि राष्ट्रिय टोलीमा तीन खेलाडी थपिए

विराटनगर ,१२ साउन । फिफा विश्वकप २०२६ को छनोट प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा तीन खेलाडी थपिएका छन्।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रारम्भिक टोलीमा तीन खेलाडी थपेका हुन्। मुख्य प्रशिक्षक एनिसले सन्तोष खत्री, कुशल फुयाँल र हिसुब थपलियालाई राष्ट्रिय टोलीमा स्थान दिएका हुन्।

योसँगै प्रारम्भिक टोलीमा ३३ खेलाडी भएका छन्। सन्तोष र कुशल फ्रेन्ड्स क्लब र हिसुब जावलाखेल यूथ क्लबका मिडफिल्डर हुन्।

विश्वकप छनोटका लागि प्रारम्भिक टोलीमा परेका खेलाडीको साउन १६ गतेदेखि बन्दप्रशिक्षण शुरू हुने अखिल नेपाल फूटबल संघ ९एन्फा०ले जनाएको छ। विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो राउन्डमा ‘होम एन अवे’ का आधारमा दुई खेल हुनेछन्। पहिलो खेल असोज २५ गते नेपालमा हुनेछ भने दोस्रो खेल असोज ३० मा लाओसमा हुनेछ।


नेपाली प्रारम्भिक टोलीः


गोलकिपर    किरणकुमार लिम्बू, अनिष देउला, दीप कार्की र अभिषेक बराल।


डिफेन्डरः  विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सीमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई।


मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, कृतीशरत्न छुन्जू, सन्तोष खत्री, कुशल फुयाँल र हिसुब थपलिया।


फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनीष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की र दिनेश हेन्जन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया