.

तेहरानसहित विभिन्न ठाउँमा आक्रमण ः युद्ध चर्किँदै जाँदा क्षेत्रीय संकट झन् गहिरियो

मध्यपूर्वमा चलिरहेको युद्धको चौथो दिन हिजो इरानको राजधानी तेहरानसहित विभिन्न शहरमा शक्तिशाली विस्फोटका घटना भएका छन् । इन्टरनेट प्रतिबन्धका कारण क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म झण्डै ९ सय जनाको ज्यान गएको छ ।  यद्यपि वास्तविक संख्या अझ धेरै हुन सक्ने अनुमान छ । इरानका अधिकारीहरूले तेहरानमा रहेको गोलेस्तान दरबार परिसर र आसपासका बजार क्षेत्रमा क्षति पुगेको बताएका छन् र युनेस्कोसँग प्राविधिक सहयोग मागेका छन् ।


धार्मिक शहर कुममा रहेको मजलिस–ए–खबरेगानको सचिवालयमा पनि हवाई आक्रमण भएको छ । इजरायली पक्षले तेहरानका सरकारी भवनहरू निशाना बनाएको दाबी गरेको छ भने इरानले तेल अवीवमा मिसाइल आक्रमण गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।


अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले नातान्ज परमाणु केन्द्रको भूमिगत संरचनाको प्रवेशद्वारमा क्षति देखिएको जनाएको छ । युद्धका कारण खाडी क्षेत्रमा हवाई सेवा गम्भीर रूपमा प्रभावित भएको छ । कतार एयरवेज र एतिहाद एयरवेजका धेरै उडान स्थगित गरिएका छन् । यात्रुहरूलाई उडान पुष्टि नभएसम्म विमानस्थल नजान आग्रह गरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि धेरै ढिलो भइसकेको बताउनुभएको छ । इरानका प्रवक्ताले आक्रमण रोकिए मात्र समाधान सम्भव हुने प्रतिक्रिया दिनुभएको छ ।


त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओमान, कुवेत र कतारका नेतासँग टेलिफोन वार्ता गर्दै बढ्दो सैन्य तनावप्रति चिन्ता व्यक्त गर्नुभएको छ । युद्ध चर्किँदै जाँदा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सक्रिय बन्दै गएको र कूटनीतिक समाधान तत्काल देखिन नसकेको अवस्था छ ।


अमेरिका र इजरायलले शनिबार इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेदेखि  इरानमा बालबालिकासहित १,००० भन्दा बढी मानिस मारिएका छन्।


अमेरिकामा आधारित ुह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीु ले इरानमा मर्नेको संख्या एक हजार भन्दा बढी पुगेको बताएको हो । 


मानवअधिकारवादी समूहले मंगलबार दिउँसो (पूर्वी समय) सम्ममा कम्तीमा १,०९७ सर्वसाधारण मारिएको बताएको छ, जसमा १८१ जना बालबालिका रहेका छन्। ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया