.

इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न ट्रम्प तयार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न तयार रहेका छन्। महत्वपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा खुला भइनसके पनि उनले इरानविरुद्धको युद्ध रोक्न चाहेको द वाल स्ट्रिट जर्नलले जनाएको छ।

समाचारका अनुसार ट्रम्प र उनका सहयोगीहरूले हर्मुज खुलाउन सैन्य कारबाही विस्तार गर्दा द्वन्द्व निर्धारित ४ देखि ६ हप्ताको समयसीमाभन्दा बाहिर जान सक्ने मूल्याङ्कन गरेका छन्।

अमेरिकी पक्षले इरानको नौसेना र मिसाइल क्षमतामा ठूलो क्षति पुरÞ्याइसकेको ठहर गर्दै अब जारी संघर्ष अन्त्य गर्ने विकल्पमाथि विचार गरिरहेको प्रशासनका अधिकारीहरूले बताए।


सैन्य दबाबभन्दा बाहिर गएर कूटनीतिक माध्यमबाट इरानलाई पुनः व्यापारिक जलमार्ग खोल्न दबाब दिने रणनीति अपनाउने तयारी अमेरिकाको छ। यस विषयमा प्रतिक्रिया लिन बीबीसीले ह्वाइट हाउससँग सम्पर्क गरेको भए पनि अहिलेसम्म कुनै आधिकारिक जवाफ आएको छैन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया