.

तत्कालका लागि आक्रमण रोक्न इरानका सर्वोच्च नेता खामेनीको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि इरानका सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना सबै सैन्य इकाइलाई तत्कालका लागि आक्रमण रोक्न निर्देशन दिनुभएको छ । तर यो युद्धको अन्त्य दीर्घकालीन भने नभएको उहाँको भनाइ छ ।

आवश्यक परे प्रतिक्रिया दिन तयार रहन पनि भनिएको छ । इजरायले पनि युद्धविराममा सहमति जनाएको खबरहरू आइरहँदा पनि केही क्षेत्रमा आक्रमण र मिसाइल चेतावनी जारी गरेको छ । युद्धविराम स्ट्रेट अफ हर्मुज खोल्ने शर्तसँग जोडिएको छ भने पाकिस्तनको मध्यस्थतामा थप वार्ताको तयारी भइरहेको छ । 

यसैबीच, विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ भने शेयरको मूल्य बढेको छ, जसले अस्थायी रूपमा विश्व बजारमा राहतको संकेत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रमण रोक्ने निर्णयलाई स्वागत गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

ट्रम्पले यो पर्याप्त नभएको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताउनु भएको छ । इरानले पूर्ण रूपमा सैन्य गतिविधि नरोके अमेरिका फेरि पनि कडा कदम चाल्न तयार रहेको उहाँको भनाइ छ । 

हर्मुज जलमार्ग खुला राख्नुपर्ने विषयमा कुनै सम्झौता नहुने संकेत ट्रम्पको छ । तर इरानले अहिलेसम्म यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । आगामी वार्ताले नै मध्यपूर्वको भविष्य र स्थायी शान्ति दिशा तय गर्ने विज्ञहरूको भनाइ छ  ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया