.

अमेरिका–इरान शान्ति सम्झौताका मुख्य १४ बुँदा सार्वजनिक

अमेरिका र इरानबीच प्रारम्भिक १४ बुँदे समझदारीको मस्यौदा सार्वजनिक भएको छ । 

यसमा तत्काल युद्ध अन्त्य गर्ने, एक अर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति उल्लेख छ । अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने, समुद्री यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश छन् । 

त्यसैगरी, इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छुट दिने, रोक्का सम्पत्ति फुकुवा गर्ने र आर्थिक पुनर्निर्माण तथा विकासका लागि करिब ३०० अर्ब डलरको सहयोग योजना अघि बढाउने उल्लेख छ । 

इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ । सम्झौतामा दुवै पक्ष ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत उल्लेख गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया