नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
पौडेललाई केहीबेर अघि प्रहरीमार्फत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुर्याइएको छ । उनलाई सोमबार हिजो पक्राउ गरिएको थियो ।
विभाग सम्बद्ध उच्च स्रोतका अनुसार पौडेलमाथि सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान भइरहेको छ । सोही सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको हो ।
पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए । उनलाई राति नै प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको हो ।
उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनको निवासमा समेत छापा मारेको जनाएको छ । विभागले उनलाई आजै म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।