.

विकास निर्माणका कार्यमा राजनीति होइन, एकजुट भएर लागौं प्रधानमन्त्री

विराटनगर , १ भदौ ।प्रधानमन्त्री पुष्पकमल दाहालले विकास निर्माणको कार्यमा एकजुट भएर लाग्न आग्रह गरेका छन्। नेपाल विद्युत प्राधिकरणको ३८औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आउने पिढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नभइ एकजुट भएर लाग्न आग्रह गरेका हुन्।

आउँदो पिढीलाई अँध्यारोमा राख्ने वा उज्यालो भविष्य दिएर जाने भन्ने  गम्भीर प्रश्न हाम्रो पुस्तालाई प्रश्न रहिरहनेछ,ुप्रधानमन्त्रीले भने, तसर्थ विकासका कार्यमा राजनीति गने होइन सबै  इमान्दार भएर एकजुट हुन जरूरी छ। 

प्रधानमन्त्री दाहालले जनतामा विद्युत सेवा प्रवाहमा कुनै कमी हुन नदिन प्राधिकरणलाई आग्रह गरे। एउटा आयोजनाको निर्माण सम्पन्न हुन ५र६ वर्ष समय लाग्ने भन्दै प्रधानमन्त्री दाहालले विकास निर्माणका कार्यमा सबै क्षेत्रको सहयोग आवश्यक हुने बताए।

नेपालमा जलविद्युत विकासको इतिहास एक सय १२ वर्षभन्दा पुरानो भए तापनि जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिरहेको उनको भनाइ छ।

प्रधानमन्त्रीले खोला नाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्वनापूर्ण अवस्था रहेको जिकिर गरे। यसको अन्त्य गर्न अहिले योजनावद्ध रूपमा काम गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेका जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया