.

कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

विराटनगर, १ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छ्न्। काङ्ग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले  भदौ ४ गते  दिउँसो १ बजे प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने जानकारी दिए।

उनका अनुसार विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भइसकेको छ।

प्रदेशसभा  नियमावलीको १२८ को १ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव पेश गर्नका लागि सूचना दिएका थिए । सोही नियमावलीको ३ मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेश गर्ने र सभामुखले  विश्वासको मत लिने दिन र समय तोक्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोकेकफ मुख्यमन्त्री थापाले बताए । मैले ३ गतेका लागि सूचना दिएको थिएँ,उनले भने,ु सभामुखलाई समय तोक्ने अधिकार छ, उहाँले ४ गतेका लागि तोकिदिनुभयो।

थापा साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेस २९,नेकपा माओवादी केन्द्रका १३,एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्रीमा नियु्क्त भएका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने  संवैधानिक व्यवस्थाअनुसार थापा विश्वासको मत लिन लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया