नक्कली भुटानी शरणार्थीको अनुसन्धान अझै बाँकी रहेको गृहमन्त्री श्रेष्ठको भनाई , अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको सरुवा गर्ने तयारी
२ भदौ २०८०, शनिवार
0
प्रतिक्रिया
विराटनगर ,२ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न शनिबार पोखरा आएका गृहमन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेको बताउँदै थप कोही दोषी देखिए ती व्यक्तिमाथि पनि अनुसन्धान हुने बताएका हुन् ।
जनतासँग माओवादी रुपान्तरण अभियानुको तयारीका लागि भएको बैठकमा सहभागी हुन आएका गृहमन्त्री श्रेष्ठले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गर्दै अहिले चर्चामा आएका काण्डमा जोसुकै दोषी देखिए पनि कोही नछुट्ने बताए । ललिता निवासमा किर्ते र संगठित अपराधको मात्र अनुसन्धान भएको उनले बताए ।
अरु व्यक्तिको अनुसन्धानमा सर्वाेच्च र विशेष अदालतमा मुद्दा विचाराधीन भएको हुँदा अनुसन्धान गर्न नमिलेको उनको भनाइ छ । एमालेले माग गरेको उच्चस्तरीय छानबिन समिति बन्दा अनुसन्धान नै परिणामुखी नहुने भएकाले त्यो समिति आवश्यक नभएको उनले बताए ।
यसैगरि
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकृतसहित उपत्यकाका उच्च प्रहरी अधिकारीको सरुवा तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुख एसएपी दानबहादुर कार्की, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा गर्न गृह मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सीआईबीमा सरुवाको प्रस्ताव गरिएको छ ।
काठमाडौं प्रहरी परिसरमा प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी भुपेन्द्र खत्रीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । त्यस्तै राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका एसएसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवाको प्रस्ताव गरिएको छ ।
त्यस्तै ललितपुर प्रहरी प्रमुखमा भने केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)का एसएसपी दिनेश आचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका एक अधिकारीले सरुवाको प्रस्ताव प्रहरी प्रधान कार्यालयबाट आएको र सरुवाको औपचारिक निर्णय हुन बाँकी रहेको बताए ।
पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भूमिका महत्त्वपूर्ण थियो । शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले ुउच्च राजनीतिक नेक्ससु समेत उजागर गरेपछि दुवै युनिटका प्रमुखलाई हटाउन लबिइङ भइरहेको छ ।
पछिल्लो पटक भुटानी शरणार्थी प्रकरणमा आफूप्रतिकूल अनुसन्धानमा श्याम ज्ञवालीको भूमिकालाई लिएर सत्तारुढ दल कांग्रेसका नेता असन्तुष्ट थिए । कांग्रेस सभापति शेरबहादुर देउवासमेत ज्ञवाली सरुवा गर्न चाहेका थिए ।