.

भारतीय सिमानामा सतर्कता , थप रोहिन्ज्या : नेपाल पसेका छैनन्

अधिकारीहरूले भारतमा शरण लिइरहेका रोहिन्ज्या नेपाल भित्रिने आशङ्कामा सिमानामा सतर्कता अपनाइएको बताएका छन्।


भारतीय सिमाना काटेर अन्य देशका नागरिकलाई गैर कानुनी रूपमा नेपाल पस्न नदिन निगरानी र सक्रियता बढाएको अधिकारीहरूले जनाएका छन्।


अहिलेसम्म अवैध ढङ्गले नेपाल पसेको कुनै घटना रिपोर्टिङ नभएको उनीहरूको भनाइ छ।


खास गरेर कोशी प्रदेशका सीमावर्ती जिल्लाहरूमा देखाइएको सतर्कता भारतको पश्चिम बङ्गालमा आएको राजनीतिक परिवर्तनसँग जोडिएको बताइन्छ।


बाङ्ग्लादेशी र म्यानमारका रोहिन्ज्या शरणार्थी प्रति कडा नीति लिएको भारतीय जनता पार्टी भाजपा ले त्यहाँ सरकार बनाएपछि उनीहरू नेपाल भित्रिन सक्नेतर्फ विशेष निगरानी गर्न निर्देशन दिइएको अधिकारीहरूले जनाएका छन्।


पूर्वी नेपालका सीमावर्ती जिल्लाहरूमा निश्चित सुरक्षा चुनौतीलाई ख्याल गरेर सुरक्षा सक्रियता बढाइएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया