.

जिम्बावेसँगको खेलमा कुशल भुर्तेलको अर्धशतक

विराटनगर, ३ असार । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगको खेलमा कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

कुशलले ६३ बलमा अर्धशतक बनाउँदा ८ चौका प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको यो छैटौँ अर्धशतक हो ।

हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २१ ओभरको खेल सकिँदा एक विकेट पनि नगुमाई ८६ रन बनाएको छ । अहिले कुशल भुर्तेल ५१ र आसिफ शेख ३० रन बनाएर खेलिरहेका छन् ।

आजदेखि सुरु हुने विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

समूह बी मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्काे समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया