.

थाईल्यान्डलाई हराउदै नेपाल सेमिफाइनलमा

विराटनगर , १३ असार । मलेसियामा जारी एसीसी मेन्स यू–१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित निकालेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपाल २ सय २५ रनको फराकिलो अन्तरले विजयी भएको हो ।

पहिलो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । पराजित थाईल्यान्ड भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।थाईल्यान्ड पहिलो खेलमा मंगलबार घरेलु टोली मलेसियासँग पराजित भएको थियो । 

नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको मलेसिया १३ दशमलब २ ओभरमा ४४ रन बनाउँदै अलआउट भया े। प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् । 

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया