.

फिफा महिला विश्वकप आजबाट

 विराटनगर ,४ साउन ।अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ ।विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाईसकेको छ ।

महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ । उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन् ।न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ । खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ ।

यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्काे आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् । स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।आगामी २० अगस्टसम्म आयोजना हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया