जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा सोमबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
सोमबार खेल मुम्बईमा रहेको वानखडे क्रिकेट रगंशालमा नेपाली समय अनुसार बेलुका पौनै ८ बजेबाट सुरु हुनेछ। अंक तालिकाको पुच्छरमा रहेका यी दुई टोली मुम्बई ९औँ स्थान र लखनउ १०औँ तथा अन्तिम स्थानमा रहेका छन्।
मुम्बईले ९ खेलमा ७ मा पराजय भोग्दा २ खेलमा मात्र जित हासिल गरेको छ। जसबाट मुम्बईले ५ अंक बटुलेको छ। त्यस्तै, लखनउले ८ खेल खेल्दा २ मा जित हासिल गरेको छ भने ६ खेलमा पराजित भएको छ। जहाँ लखनउ पनि समान ४ अंक लिएर बसेको छ। आज हुने खेलमा दुवैको लक्ष्य जित हासिल गर्ने हुनेछ।
हालसम्मको आईपिएलको इतिहासमा यी दुई टोलीबीच खेल ८ खेलमा प्रतिस्पर्धा गरेका छन्। जहाँ लखनउले मुम्बईलाई ६ पटक पराजित गर्दा २ पटक मुम्बईले लखनउलाई हराएको छ।