.

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

टी–२० विश्वकप छनोट अन्तर्गत आज हुने समूह चरणको खेलमा डेनमार्क र हंगेरीले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे डेनमार्कको ब्रन्डबीमारहेको स्वानहोल्म पार्क क्रिकेट मैदानमा हुनेछ ।

डेनमार्क प्रतियोगितामा उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा रहँदा हंगेरी भने अप्रत्याशित नतिजा निकाल्दै प्रतियोगितामा आफ्नो सम्भावना बलियो बनाउने प्रयासमा छ ।

डेनमार्कको टोलीको नेतृत्व कप्तान हामिद शाहले गर्नेछन् भने विकेटकिपर तरञ्जित भराज टोलीका प्रमुख खेलाडीमध्ये एक हुन् । दुवै टोलीका लागि समूह चरणको यो खेल महत्वपूर्ण मानिएको छ ।

हंगेरी बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया