.

नेपालले आज नामिबियासँग खेल्दै

आइसिसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले नामिबियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ। 

आजको खेल अगाडि नेपाल क्रिकेट संघ (क्यान)ले तीव्र गतिका बलर नन्दन यादव टिमबाट बाहिरिएको जानकारी दिएको छ। नन्दनको ह्याम्स्ट्रिङको चोटको कारण टोलीबाट बाहिरिएका हुन्।

नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको थियो। 

जारी श्रृङ्खलामा नेपालको ब्याटिङ दुवै खेलमा खराब देखिएको छ। दुवै खेलमा नेपालले टस हार्दै पहिलो ब्याटिङको निम्तो पाउँदा कुल १५७ मात्रै बनाउन सक्यो। दुवै खेलमा ब्याटिङ नचल्दा नेपालले फराकिलो अन्तरको हार बेहोरेको थियो । जसका कारण शीर्ष चारमा रहेर सिधै विश्वकप छनोटको खेल खेल्ने नेपालको लक्ष्य धर्मराएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया