.

अमेरिकाको तर्फबाट थप कूटनीतिक वार्ताका लागि पाकिस्तानी गृहमन्त्री मोहसिन तेहरानमा ,भेटमा क्षेत्रीय सुरक्षा अवस्था र अमेरिका–इरानबीचको सम्बन्धको बारेमा छलफल हुने अपेक्षा

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी अमेरिकाको तर्फबाट थप कूटनीतिक वार्ताका लागि इरानको राजधानी तेहरान पुग्नुभएको छ ।

इरानी अर्धसरकारी समाचार संस्था तस्निमले भ्रमणका क्रममा नक्वीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको हो ।

भेटमा क्षेत्रीय सुरक्षा अवस्था, अमेरिका–इरान सम्बन्ध तथा पछिल्ला तनावको बारेमा छलफल हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, अर्धसरकारी इरानी विद्यार्थी समाचार एजेन्सी (आईएसएनए) ले गृहमन्त्री नक्वीले पाकिस्तानका सेना प्रमुख असिम मुनिरद्वारा इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीलाई पठाइएको पत्र पनि साथमा ल्याएको जनाएको हो ।

गत मार्च महिनामा पदभार ग्रहण गरे यता सर्वोच्च नेता खामेनी सार्वजनिक रूपमा खासै देखिनुभएको छैन । यो नयाँ चरणको वार्ता अमेरिका–इरान युद्धपछि उत्पन्न क्षेत्रीय तनावकाबीच पाकिस्तानले आफूलाई मध्यस्थकर्ताको भूमिकामा प्रस्तुत गर्ने प्रयास गरिरहेको समयमा भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया