फिफा विश्वकप फुटबलको नकआउट चरणमा मोरक्को नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।मंगलबार बिहान भएको खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टीमा ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल एकरएक गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ डच टोली चुक्यो । त्यसअघि नेदरल्यान्ड्सले खेलको ७२औँ मिनेटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो ।
तर मोरक्कोका लागि इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डियोपले बराबरी गोल फर्काएका थिए । यस अघि मंगलबार बिहान भएको खेलमा ४ पटकको विश्वविजेता जर्मनी पनि पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ ।
विश्वकप फुटबलमा मंगलबार राति पौने ११ बजेदेखि नर्वे र आइबरी कोस्टबीच प्रतिस्पर्धा हुने भएको हो ।