.

सन् २०५० सम्म विश्वभर क्यान्सरका नयाँ बिरामी ६७ प्रतिशतले बढ्न सक्ने

सन् २०५० सम्म विश्वभर क्यान्सरका नयाँ बिरामी ६७ प्रतिशतले बढ्न सक्ने

सन् २०५० सम्म विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या ६७ प्रतिशतले बढ्न सक्ने चेतावनीसहित नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ ।जनसंख्या वृद्धि र वृद्धवृद्धाको संख्या बढ्दै जाँदा क्यान्सरको भार उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको हो । 

अमेरिकन क्यान्सर सोसाइटी र विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर झण्डै २ करोड १० लाख नयाँ क्यान्सरका बिरामी फेला परेका थिए भने ९८ लाख को क्यान्सरका कारण ज्यान गएको थियो । 

अनुसन्धानकर्ताहरूले सन् २०५० सम्म वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या ३ करोड ४० लाख पुग्ने प्रक्षेपण गरेका छन्, जसमा फोक्सोको क्यान्सर विश्वभर सबैभन्दा धेरै देखिने र सबैभन्दा बढी ज्यान जाने क्यान्सर बनेको छ । यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन रहेको उल्लेख छ । 

सुर्तीजन्य पदार्थको प्रयोग त्याग्ने, मदिरा सेवन घटाउने, स्वस्थ तौल कायम राख्ने, नियमित व्यायाम गर्ने, क्यान्सरसँग सम्बन्धित संक्रमणबाट बच्ने, समयमै परीक्षण गर्ने र उपचारमा पहुँच बढाउने हो भने लाखौँ जीवन बचाउन सकिने अनुसन्धानकर्ताहरुको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया