.

अपहरणमा परेका ३०८ जनाको एकै दिन सकुशल उद्धार

नाइजेरिया सरकारले देशका विभिन्न भागबाट अपहरणमा परेका ३०८ जना नागरिकलाई सफलतापूर्वक उद्धार गरेको घोषणा गरेको छ। गुप्तचर सूचनाका आधारमा सञ्चालन गरिएको संयुक्त सुरक्षा अभियानमार्फत उनीहरूको उद्धार सम्भव भएको सरकारी अधिकारीहरूले जनाएका छन्। सरकारले यसलाई एकै दिनमा सम्पन्न गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो उद्धार अभियान भनेको छ।

उद्धार गरिएकामध्ये १६३ जना क्वारा राज्यको वोरो समुदायका हुन् भने बाँकी १४५ जना नाइजर राज्यका विभिन्न स्थानबाट अपहरणमा परेका नागरिक हुन्। अपहरणकारीहरूले उनीहरूलाई नाइजर राज्यको काइन्जी लेक राष्ट्रिय निकुञ्जभित्रको घना जंगलमा बन्धक बनाएर राखेका थिए।

नाइजेरियाली सेना, प्रहरी, डिपार्टमेन्ट अफ स्टेट सर्भिसेस र नेशनल काउन्टर टेररिज्म सेन्टरको संयुक्त टोलीले यो कारबाही चलाएको हो। राष्ट्रपति बोला अहमद टिनुबुका विशेष सल्लाहकार बायो ओनानुगाका अनुसार राष्ट्रपति टिनुबुले नागरिकहरूको सुरक्षित फिर्तीप्रति खुसी व्यक्त गर्दै सुरक्षा निकायहरूको साहस, समर्पण र व्यावसायिकताको प्रशंसा गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया