.

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य ः वार्षिक झण्डै १० लाख मेट्रिक टन धान अपुग

जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ्दो चुनौती देखिएपछि सरकारले जलवायुमैत्री प्रविधिको प्रयोग, उन्नत बीउ, सिँचाइ विस्तार र कृषि आधुनिकीकरणमार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ ।

कृषि विभागका अनुसार नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि उत्पादन करिब ६० लाख मेट्रिक टनमा सीमित हुँदा हरेक वर्ष करिब १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। यही कारण वार्षिक ३० देखि ३५ अर्ब रुपैयाँभन्दा बढीको धान तथा चामल आयात भइरहेको छ।

यस वर्ष मनसुन कमजोर हुँदा देशभर धान रोपाइँ गएको वर्षको तुलनामा घटेको छ। जलवायु परिवर्तनका कारण खडेरी, अनियमित वर्षा, बाढी तथा डुबानले उत्पादनमा प्रत्यक्ष असर परेको सरकारले जनाएको छ।

सरकारले जलवायुमैत्री प्रविधि, रैथाने बीउ संरक्षण, उन्नत बीउ उत्पादन, सिँचाइ विस्तार, किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढाएको छ।

कृषि विज्ञहरूले समयमै मल, बीउ, सिँचाइ र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके धानमा आत्मनिर्भरता हासिल गर्न सकिने बताएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया