.

कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने , आजै सार्वजनिक गर्ने तयारी

विराटनगर ३२ जेठ । कोशी प्रदेश सरकारले आज बिहीबार अध्यादेशमार्फत बजेट जारी गरेको छ ।

हिजो नीति तथा कार्यक्रम पेश गरेपछि प्रदेशसभाको बजेट अधिवेशन नै अन्त्य गरेको सरकारले आज अध्यादेश जारी गरेको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले मन्त्रिपरिषदको सिफारिसमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका हुन् । सत्तासाझेदार माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले प्रदेशसभालाई छलेर अध्यादेशबाट बजेट जारी गरेको हो ।

अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको चालू बजेट अधिवेशन हिजो बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको थियो ।

जनता समाजवादी पार्टी र माओवादी केन्द्रले पदेश सरकारबाट समर्थन फिर्ता लिएपछि ९३ सदस्यीय प्रदेशसभामा सरकारको समर्थनमा सत्तारूढ एमालेका ४० र राप्रपाका ६ गरि ४६ मात्र सांसद छन् । प्रतिपक्षमा कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना गरी ४७ सांसद छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया