.

विराटनगरमा पेट्रोल छर्किएर आमाले लगाइन् शरीरमा आगो, निभाउने क्रममा छोरा पनि घाइते

विराटनगरमा बुधबार बिहान एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । पेट्रोल छर्किएर शरीरमा आगो लगाउँदा ती महिला घाइते भएकी छन् ।

आमाले शरीरमा लगाएको आगो निभाउने क्रममा छोरा पनि घाइते भएका छन् । आमा–छोराकै शरीरका केही भाग जलेको छ । घाइतेको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । विराटनगर महानगरपालिका–१४ जतुवाकी अन्दाजी ४२ वर्षीया निर्मला खत्रीले शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए ।

उनका अनुसार आगोले निर्मलाको अनुहार, छाती, हात गरेर शरीरको करिब १८ प्रतिशत भाग जलेको जानकारी अस्पतालले दिएको छ । निर्मलाले शरीरमा लगाएको आगो निभाउने क्रममा छोरा १९ वर्षीय धीरज खत्री पनि घाइतेभ भएका छन् । धीरजको शरीरको ५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार दुवै जना घाइतेको अवस्था सामान्य छ । प्रहरीका अनुसार घटना बिहान १० बजेतिरको हो । घाइतेहरुले सुरुमा खाना पकाउने क्रममा घरभित्रै ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीलाई बताउँदै घटना बंग्याउन खोजेका थिए ।

तर, प्रहरी घटनास्थलमा पुग्दा विस्फोटको कुनै पनि प्रमाण फेला परेन । उनका अनुसार सामान्य परिवारिक विवादका क्रममा निर्मलाले शरीरमा आगो लगाएको पाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया