.

पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा : आज पनि पानी पर्ने

पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज बिहान र गए राति बागमति प्रदेश तथा कोशि प्रदेश का पूर्वी क्षेत्रमा पानी परेको हो । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै इलामको कन्याम जल मापन केन्द्रमा झण्डै ५३ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै मोरंग, सुनसरी, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सिन्धुपाञ्चोक, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुली, नुवाकोटलगायतका ठाउँमा पनि पानी परेको छ । काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भएको छ । 

यसैबीच आज दिउँसो बागमतीसहित कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले वर्षा गराउने पूर्वतिर केन्द्रित छ । 

यो हप्ताभर नै पानी पार्ने प्रणाली सक्रिय रहने मौसमविद्ले बताएका छन् । प्रि–मनसुनमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीजस्ता गतिविधि हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया