.

सरदरभन्दा कम वर्षा भएपनि बाढीको जोखिम कायमै छ : मौसम विभाग

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भए पनि बाढीको जोखिम कायमै रहेको जनाएको छ ।  मनसुन अवधिमा कम वर्षा भई लामो समयसम्म खडेरी लाग्दा एक्कासि वर्षा भएर बाढी पहिरो आउने जोखिम कायमै रहेको विभागले जनाएको हो । 

विभागकी प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको जानकारी दिइन् । प्रवक्ता पोखरेलले मौसम पूर्वानुमानलाई थप प्रविधियुक्त बनाइएकाले बढी प्रभावकारी हुँदै गएको बताइन् । 

यस वर्षको मनसुनमा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना धेरै रहेको विभागले जनाएको छ ।

त्यस्तैगरी सुदूरपश्चिम प्रदेशका उत्तर पूर्वी भूभाग, कर्णाली प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, कोसी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रमभन्दा बढी हुने सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया