विराटनगर , १९ भदौ । आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमको घोषणा भएको छ ।
रोहित शर्माको कप्तानीमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई ले आज मङ्गलवार १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा रोहितसँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, ईशान किशन, केएल राहुल, हार्दिक पान्ड्या उप–कप्तान, सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज र कुलदीप यादव छन् ।
१३ औँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा हुँदैछ । भारत सन् १९८३ र २०११ मा गरी दुई पटकको च्याम्पियन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?