.

खेलकुद नेपाल क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा बर्तमान अध्यक्ष चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनु भएको छ ।क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुने तयारी भईरहेको बेला चन्द निर्विरोध हुनु भएको हो । उहाँकोविरुद्ध उम्मेदवारी दिने तयारी गर्नुभएका विनय राजभण्डारीले उम्मेवारी नै नहालेपछि चन्द निर्विरोध हुनुभएको हो ।नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा उम्मेदवारी दिनुभएको छ । खड्काकोविरुद्ध प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिने चर्चा छ । कुल ८५ मतदाता रहेकोमा प्रतिनिधि छनौटमा विवाद भएकाले झापाको मताधिकार काटिएको छ ।जसका कारण कुल मतसंख्या ८४ मात्रै कायम गरिएको छ । कुनै पनि पदमा जित्नका लागि न्युनतम ४३ मत आवश्यक पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया