विराटनगर , १४ फाल्गुन । नेपाल क्रिकेट संघ ९क्यान०ले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ ।
क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीहरुको वर्गीकरण गर्नुका साथै उनीहरुको मासिक तलब तोकेको छ ।
ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ग्रेड बीमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् ।
विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी ग्रेड सीमा परेका छन् । पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् ।
क्यानले इमर्जिङ क्याटगोरी पनि बनाएको छ, जसमा दीपेश कँडेल कोशी, रुपेश सिंह मधेश, रिजन ढकाल बागमती, विपिन खत्री गण्डकी , देव खनाल लुम्बनी , अर्जुन घर्ती कर्णाली र हेमन्त धामी सुदूरपश्चिम छन् ।
क्यानका अनुसार ग्रेड एमा परेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउनेछन् । ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइनेछ ।