दोस्रो टी–२० खेलमा आज नेपाल आयरल्याण्ड ‘ए’सँग खेल्दै
१३ चैत २०८०, मङ्गलवार
0
प्रतिक्रिया
विराटनगर , १३ चैत्र । नेपाल र आयरल्याण्ड ‘ए’ बिचको दोस्रो टी–२० क्रिकेट खेल आज हुँदैछ ।
खेल आज दिउँसो १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
नेपाल भ्रमणमा आएको आयरल्याण्डको ‘ए’ टिमले हिजोदेखि नेपालको सिनियर टोलीसँग टी–२० श्रृंखला खेलिरहेको छ ।पहिलो खेलमा सोमबार नेपाल ६ विकेटले विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आयरल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रन बनाएको थियो ।