विराटनगरस,२५ साउन । पाकिस्तानले एसिया कपका लागि १७ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ। एसिया कपाअघि पाकिस्तानले अफगानिस्तानसँग तीन खेलको सिरिज खेल्नेछ। सो सिरिजका लागि एसिया कपको टिममा नपरेका सउद शखील थप गर्दै पाकिस्तानले १८ सदस्यीय टिम पनि घोषणा गरेको छ। एसिया कपको समूह ुएु मा पाकिस्तानसँगै नेपाल र भारत छन्। । भारत र पाकिस्तानको राजनीतिका तनावका कारण यसपटकको एसिया दुई देशमा हुँदैछ।एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्। एसिया कपको पहिलो पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ।नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ। तीन–तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) हुनेछ।नेपाली टिम पाकिस्तानसँग खेल्नुअघि अभ्यासका लागि ५ भदौमा कराँचीमा पुग्नेछ।