भारत र आयरल्यान्डबीचको तीन खेलको टी–२० शृङ्खला आजदेखि : भारतको कप्तानी बुमराहले गर्ने
१ भदौ २०८०, शुक्रवार
0
प्रतिक्रिया
विराटनगर, १ साउन ।भारत र आयरल्यान्डबीचको तीन खेलको टी–२० शृङ्खला आजदेखि शुरु हुँदैछ ।
पहिलो खेल मलाहाइडमा नेपाली समय अनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ ।आयरल्यान्ड भ्रमणमा भारतीय टोलीको कप्तानी जसप्रित बुमराहले गर्दैछन् । उनी हालै भारतीय टोलीमा फर्किएका हुन् । उनले पहिलो पटक टी–२० को कप्तानी गर्न लागेका हुन् ।
बुमराहले अन्तिम अन्तर्राष्ट्रिय खेल अष्ट्रेलियासँग सन् २०२२ को सेप्टेम्बरमा खेलेका थिए । बुमराह ढाडको समस्याबाट पीडित थिए । बुमराह बाहेक तीव्र गतिका बलर प्रसिद्ध कृष्णा पनि भारतीय टोलीमा फर्किएका छन् ।
आयरल्यान्डको कप्तानी पाउल स्टर्लिङले गर्नेछन् । भारत र आयरल्यान्डसँगको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।