विराटनगर , सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ ।
सुनको भाउ आज तोलामा एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ । जुन
अहिलेसम्मकै धेरै हो । यसअघि गएको साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६
सय रुपैयाँमा पुगेको थियो । हिजो सुनको भाउ तोलाको एक लाख १३ हजार दुई
सय रुपैयाँ थियो । आज तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार
इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार
अस्थिर बनेको छ । यसले भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । आज चाँदीको
भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ९५
रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?